
सल्यान, कपुरकोट ।
“स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नारासहित २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (मसवास्वसे) दिवस कपुरकोट गाउँपालिकामा विभिन्न कार्यक्रमसँगै सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुवास हमालको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष श्री दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा कपुरकोट आधारभूत अस्पताल व्यवस्थापन समिति अध्यक्ष श्री देवेन्द्र कुमार सेनले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।
यसैगरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, कार्यपालिका सदस्य राधिका एरीलगायत वक्ताहरूले महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन कपुरकोट गाउँपालिका नर्सिङ प्रमुख लीला शर्माले गरेकी थिइन्।

कार्यक्रममा कपुरकोट आधारभूत अस्पतालमा कार्यरत डा. पारश शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरू, पत्रकार तथा आमा समूहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
दिवसको अवसरमा यस वर्षका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका छनोट तथा वक्तृत्वकला प्रतियोगिता समेत गरिएको जनाइएको छ।
