
तुलसीपुर, दाङ । कुखुरा पालनलाई थप आधुनिक, प्रणालीगत र व्यावसायिक बनाउने उद्देश्यसहित डल्फिन फिड्स प्रा. लि.ले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा दाङका विभिन्न स्थानबाट आएका करिब १५० किसानले सक्रिय सहभागिता जनाएका थिए।

तालिममा सहभागी कृषकहरूलाई दाना व्यवस्थापन, रोग नियन्त्रण तथा बायोसेक्युरिटी, उत्पादन वृद्धिका उपाय, बजार व्यवस्थापनदेखि व्यवसायिक जोखिम घटाउने प्रविधिसम्मका विषयमा विस्तृत जानकारी दिइएको थियो। पोल्ट्री विशेषज्ञ तथा परामर्शदाताहरूले व्यावहारिक उदाहरणसहित प्रशिक्षण दिएपछि किसानहरूले सिकाइलाई अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको सञ्चालन कम्पनीका बजार विभाग प्रमुख लोकेन्द्र ओझाले गरेका थिए। कुखुरा व्यवसायमा लाग्ने र नयाँ सुरुवात गर्न इच्छुक किसानहरूको उत्साहपूर्ण सहभागिताले तालिम अझ प्रभावकारी बनेको आयोजकको भनाइ छ। सहभागीहरूले तालिमले उत्पादन क्षमता वृद्धि, रोग व्यवस्थापन र व्यावसायिक योजनामा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
यो कार्यक्रम Dolphin Group द्वारा सञ्चालित ‘व्यावसायिक किसान बनाउने अभियान’ अन्तर्गत भएको हो। कम्पनीका प्रतिनिधिहरूले आगामी दिनमा पनि किसानहरूको आयवृद्धि, रोजगारी सिर्जना र व्यवसायिक विस्तारलाई प्राथमिकता दिँदै यस्ता तालिम निरन्तर प्रदान गरिने प्रतिबद्धता जनाएको छ ।
