
तुलसीपुर, दाङ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालन हुन लागेको प्रथम तुलसीपुर महोत्सव–२०८२ अन्तर्गत खुला लोक दोहोरी गीत प्रतियोगिता आयोजना हुने भएको छ ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने महोत्सव २०८२ साल पौष ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा घरेलु तथा साना औद्योगिक उत्पादन, सांस्कृतिक कार्यक्रम, पर्यटन, कृषि, व्यापारिक तथा प्रविधि प्रदर्शनी समावेश गरिने आयोजकले जनाएको छ ।
महोत्सवको सांस्कृतिक आकर्षणका रूपमा खुला लोक दोहोरी प्रतियोगिता सञ्चालन गरिने भएकाले इच्छुक लोक दोहोरी गायक–गायिकालाई समयमै नाम दर्ता गर्न आग्रह गरिएको छ । प्रतियोगितामा सहभागी हुन समूह दर्ता शुल्क ४०० रुपैयाँ तोकिएको छ । एक समूहमा एक जना गायक र एक जना गायिका अनिवार्य रूपमा हुनुपर्नेछ भने कलाकारले नेपाली पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रथम पुरस्कार: रु. ३०,०००
द्वितीय पुरस्कार: रु. २०,०००
तृतीय पुरस्कार: रु. १०,०००
सान्त्वना पुरस्कार: रु. ५,०००
लोक दोहोरी प्रतियोगिताको टाइसिट पौष ५ गते सार्वजनिक गरिने जनाइएको छ । प्रतियोगितासम्बन्धी थप जानकारीका लागि सांस्कृतिक उपसमितिसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
सम्पर्क व्यक्तिहरूमा टिकाराज वली (सांस्कृतिक उपसमिति संयोजक) र प्रेमप्रकाश मल्ल (सांस्कृतिक उपसमिति सदस्य) रहेका छन् ।
