
वसन्त कुमार शर्मा
२४ असोज, २०८१
काठमाण्डौं ।
नेपाली सुगम संगीतमा लोकप्रिय गायक सुरेश राना र गायिका दीपिका वयम्बु मगरको स्वरमा रहेको ‘तिमि लाई माया दिन’ गीतको भिडियो सार्वजनिक भएको छ । सुरेश राना को शब्द तथा संगीत रहेको गीतमा स्काई म्युजिक ले ध्वनि उत्पादन तथा सजावट गरेको छ ।

भिडियो तर्फ दिलिप सिंह र सुस्मा श्रेष्ठको अभिनय रहेको छ । अभय चौधरीको छांयाकन रहेको भिडियोमा सम्पादन तथा रङ संयोजन नबिन घर्ति को रहेको छ भने निर्देशन तथा कोरियोग्राफी कमल भक्तको रहेको छ ।
