
वास्तविक खबर समाचारदाता
दाङ- दाङको तुलसीपुरबाट सञ्चालनमा आएको इगल खबरले आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ । एच.आर मिडिया प्रालिद्वारा सञ्चालित इगल खबरका अध्यक्ष निमा रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्या नन्द पाण्डेले पत्रकार सधै सत्यको पक्षमा लेख्न आग्रह गर्नु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख भीम योगीले समाज रूपान्तर र परिवर्तनका लागि सञ्चार जगतको ठूलो भूमिका भएको बताउनुभयो । उक्त अवसरमा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी, नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशीखा चौधरी, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीका कोषाध्यक्ष ओपेन्द्र बस्नेत, प्रेस सेन्टर दाङका सहसचिव दीपक बोहरा, दलित महिला संघ दाङका अध्यक्ष युवा करारा, युवा व्यवसायीद्वय पदम पोख्रेल , दीपकजग केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरेका विभिन्न पत्रकारहरुलाई सम्मान गरिएको थियो भने एक वर्षमा गरिएका गतिविधीलाई वृत्तचित्र मार्फत प्रस्तुत गरिएको थियो । सन्तराम सेन्चुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्देशक एचआर मगरले गर्नुभएको थियो ।
