
दाङ,२८ भदौ । लामो समयदेखी दाङको तुलसीपुर उपहानगर-पालिका भित्रको वडा न.५ र ६ का विभिन्न ठाउमा छाडा गाइगोरुका कारण सवारी दुर्घटना बढेको छ । बजार क्षेत्रमा प्रवेश गर्न बित्तिकै आगन्तुकलाई निकै असहज महसुस हुने गरेको छ ।
साझ हुनै लाग्दा तुलसीपुर बजारका सितलपुर चोक , घोराही चोक, बाहिनी चोक ,बि.पी. चोक लगायतका विभिन्न ठाउँमा छाडा चौपायाको हुल देखिन्छ । गाइले दूध दिदा सम्म खाने र दिन छाडेपछि गाइलाइ घरदेखी निकाल्ने गरेकै कारण बजारमा छाडा चौपाया देखिन थालेका छन ।

सधै जसो तुलसीपुर को मदन आक्ष्रीत चोक हुँदै तुलसीपुर क्षेत्रमा बिहानै दूध पुर्याउन आउने तुलसीपुर ११ कटाहका किसान मदन वलीले आफू छडा चौपायाकै कारण धेरै पटक दुर्घटनामा परेको र नगरपालिकाको सम्बन्धित बिभागमा जानकारी दिदा पनि नसुनेको बताउनु भयो । आफुले जानकारी दिएको बर्ष दिन पुग्न लाग्दा पनि समस्या नहटेको दुखेसो गर्नु भयो ।
मानपुरका किसान नन्दलाल पुरीले छाडा रुपमा गाई बस्तु छोड्नेलाई हदै सम्मको कार्यबाही हुनुपर्ने बताउनुहुन्छ । मेरो घरमा नि केही दूध दिने गाई भैंसी छन केही दूध नदिने तर हामीले कहिल्यै यससी छाडा रुपमा छोड्ने नगरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ : यसरी छाडा छोड्दा हामीलाइ पाप लाग्छ त्यसैले छोड्दैनौ ।
