
वसन्त कुमार शर्मा असोज ३, दाङ ।
दाङको राप्ती गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस २०८१ काे अवसरमा मंगलबार विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ।
“ज्ञान, विज्ञान, सीप, उद्दम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता” भन्ने आदर्श वाक्य सहित असाेज २ गते मनाउन लागिएको राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा पालिकाले आधारभूत र माध्यमिक तहका विद्यार्थीहरु बीच छुट्टाछुट्टै निबन्ध,वक्ततृत्वकला,कविता र चित्रकला प्रतियोगिता सम्पन्न गरेको हाे।

राप्ती गाउँपालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको “स्थानीय उत्पादन उद्यमशिलता,समृद्ध गाउँपालिकाकाे आधार” विषयक माध्यमिक तहकाे निबन्ध प्रतियोगितामा गोरखा आइडियल स्कूल राप्ती २ लालमटियाकी इच्छा केसी प्रथम,पब्लिक एजुकेशन एकेडेमी राप्ती – २ लालमटियाकि आशिका शर्मा र आदर्श माध्यमिक विद्यालय राप्ती २ लालमटियाका सन्दिप गिरी द्वितीय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय राप्ती १ भालुवाङकी ललिता घर्तिमगर तृतीय भएकी छन् ।
त्यसैगरी “स्वच्छ विद्यालय स्वास्थ्य विद्यार्थी,सरसफाइमा विद्यार्थीकाे भूमिका” विषयक आधारभूत तहको निबन्ध प्रतियोगितामा गोरखा आइडियल स्कूल राप्ती २ लालमटियाकी विज्ञमाया वि.क.प्रथम,सिरिनभ्याली पब्लिक स्कूल राप्ती ४ मौरीघाटका सुशान्त खत्री द्वितीय ,मुनलाइट माध्यमिक विद्यालय राप्ती २ लालमटियाका कृष्ण पोखेल र सिरिनभ्याली पब्लिक स्कूल राप्ती ४ मौरीघाटकि रमिला चौधरी तृतीय भएकी छन् ।
“ज्ञान ,विज्ञान,सीप,उद्यम र माैलिकता देश विकासको आधार” विषयक खुल्ला वक्ततृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय राप्ती ४ मौरीघाटकि अनिशा खनाल प्रथम ,आदर्श माध्यमिक विद्यालय राप्ती २ लालमटियाकि साधना केसी द्वितीय र पब्लिक एजुकेशन एकेडेमी राप्ती २ लालमटियाकी संस्कृति भुषाल तृतीय भएकी छन् ।
“विद्यार्थीकाे सपना,देशको आशा” विषयक खुल्ला कविता प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय राप्ती २ लालमटियाकि शान्ति गुप्ता प्रथम,दुर्गा भवानी आधारभूत विद्यालय राप्ती ३ मसुरियाकि पुष्पा बस्नेत द्वितीय र नव प्रतिभा आधारभूत विद्यालय राप्ती १ पाखापानीकि खुशी थापा तृतीय भएकी छन्।
त्यसैगरी मंगलबार नै आदर्श नमुना माध्यमिक विद्यालय राप्ती २ लालमटियामा १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरु बीच भएको “सफा र स्वच्छ विद्यालय” विषयक चित्रकला प्रतियोगितामा माध्यमिक विद्यालय राप्ती ४ मौरीघाटकि स्नेहा चाैधरी प्रथम,सर्वोदय माध्यमिक विद्यालय राप्ती ५ सिसहनियाँकि रिया चाैधरी द्वितीय र चन्द्रज्योती इंगलिस स्कूल राप्ती -२ लालमटियाका विपिन केसी तृतीय भएका छन् ।
“राप्तीका धार्मिक तथा पर्यटकीय स्थल” विषयक चित्रकला प्रतियोगितामा मुनलाइट इंगलिस स्कूल राप्ती २ लालमटियाकि आकृति रावत प्रथम ,इन्द्रेणी इंगलिस बोर्डिङ स्कुल राप्ती ६ पत्थरगढवाका प्रतीक चाैधरी र गोरखा आइडियल स्कूल राप्ती २ लालमटियाकी साेरारानी बुढा मगर द्वितीय र दिपज्योती इंगलिस स्कूल राप्ती ५ सिसहनियाँका अनमोल परियार तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगीलाई क्रमश नगद ४ हजार ,३ हजार ,२ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने गरिएको थियो ।
