
दाङ | तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको शिखा इङ्लिस स्कुलको आयोजनामा सनिबार एकान्त होटेलको हलमा २०८० को SEE मा उतिर्ण बिद्यार्थीलाई सम्मान तथा बिधालयमा अध्ययन गरिरहेका बिध्यार्थिका अभिभावकलाई आफ्ना छोराछोरी प्रति सकारात्मक सोच बिकासका लागि उत्त कार्यक्रम आयोजना गरेको थियो | प्रशिक्षक देशराज दाहाल (DR dahal)ले उपस्थित अभिभावकलाई मोटिभेसन क्लास दिनुभएको थियो |

स्कुलका प्रीन्सिपल सुमन केसीकोको अध्यक्षता तथा प्रशिक्षक देशराज दाहाल प्रमुख अथिती रहेको कार्यक्रममा मेट्रो कलेजका प्राध्यापक के पी न्यौपाने बिशिस्ट अतिथिको रुपमा रहनु भएको थियो |कार्यक्रमको सञ्चालन स्कुलका भाइस प्रीन्सीपल जीत बहादुर बस्नेतले गर्नु भएको थियो |
उक्त अभिमुखिकरण कार्यक्रममा ४०० भन्दा बढिको सहभागिता रहेको थियो | साथै २०८० सालको SEE परीक्षामा सहभागी भएका १० जना बिध्यार्थी मध्य ४ जना A+ र ६ जना बिध्यार्थी A ग्रेड मा पास भएका थिए | ती बिध्यार्थीलाई शिखा स्कुलले सम्मान तथा आगामी शैक्षिक सत्रको सफलताको कामना ब्यक्त गरेको थियो |
