
दाङ, १७ बैशाख — दाङको तुलसीपुर उपमहानगरपालिका– “ख” लाइनमा महिलाहरूलाई लक्षित गर्दै नयाँ कपडा पसल “सिर्जु कलेक्सन” औपचारिक रूपमा सञ्चालनमा आएको छ। गुप्ता मेडिकलसँगै सटेको घरमा स्थापना गरिएको उक्त कलेसनले उद्घाटनसँगै स्थानीय बजारमा आफ्नो उपस्थिति जनाउँदै ध्यान आकर्षित गर्न थालेको छ। यस कलेसनकी सञ्चालिका सिर्जु पौडेल हुन्, जसले महिलाहरूको फेसन आवश्यकतालाई मध्यनजर गर्दै व्यवसाय सुरु गरेकी हुन्।
महिलाहरूको रोजाइ, बदलिँदो फेसन ट्रेन्ड र गुणस्तरीय पोशाकको मागलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको यस कलेसनमा कुर्ती, सारी, वनपिस, रेडिमेड सेटहरू लगायतका विभिन्न आकर्षक डिजाइनका कपडाहरू उपलब्ध रहेका छन्। विशेषगरी युवतीदेखि गृहिणीसम्म सबै उमेर समूहका महिलाहरूलाई लक्षित गर्दै सिजन अनुसारका नयाँ–नयाँ डिजाइनहरू निरन्तर उपलब्ध गराइने सञ्चालिकाले जानकारी दिएकी छन्।
कलेसन उद्घाटनको अवसरमा बोल्दै सञ्चालिका पौडेलले भनिन्, “हामीले ग्राहकहरूको चाहना र सुविधा दुवैलाई ध्यानमा राखेर कलेसन सञ्चालनमा ल्याएका हौं। यहाँ पाइने सम्पूर्ण कपडाहरू गुणस्तरीय, ट्रेन्ड अनुसारका र सुपथ मूल्यमा उपलब्ध गराउने हाम्रो लक्ष्य हो।” उनले आगामी दिनमा थप विविधता र नयाँ डिजाइनहरू भित्र्याउँदै व्यवसायलाई अझ विस्तार गर्ने योजना रहेको समेत उल्लेख गरिन्।
स्थानीय बजारमा पछिल्लो समय महिलाहरूका लागि विशेषीकृत फेसन पसलहरूको माग बढिरहेको अवस्थामा “सिर्जु कलेक्सन”ले त्यस आवश्यकतालाई पूरा गर्ने अपेक्षा गरिएको छ। एउटै स्थानमा विभिन्न डिजाइन, रङ र शैलीका कपडाहरू सहज रूपमा पाउन सकिने भएकाले ग्राहकहरूका लागि यो कलेसन आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ।
यसका साथै, कलेसनले ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रदान गर्ने, नयाँ फेसन ट्रेन्डसँग अपडेट रहने तथा समय–समयमा विशेष अफर र छुट कार्यक्रमहरू पनि ल्याउने तयारी गरेको जनाएको छ।
तुलसीपुर क्षेत्रमा सञ्चालनमा आएको “सिर्जु कलेक्सन”ले स्थानीय व्यवसाय प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ भने महिलाहरूका लागि आधुनिक, सहज र भरपर्दो फेसन गन्तव्यका रूपमा स्थापित हुने लक्ष्य लिएको छ।
