
बास्तबिक खबर समाचारदाता
२६ असार।
सल्यान जिल्ला अस्पतालबाट प्रवाह हुँदै आएको सेवालाई व्यवस्थित र स्तरीय बनाउनका लागि२ वटा भवन निर्माणको योजना अघि सारिएको ३ वर्ष भइसक्दा पनि निर्माण कार्य अझै सम्पन्न भएको छैन । १५ शैयाको अस्पताललाई ५० शैयामा विस्तार गर्ने योजना अनुरुप अघि सारिएको भौतिक पूर्वाधारको काम अलपत्र परेको छ । ३ महिना देखि मर्मतको काम रोकिदा घर नजिकै विशषज्ञ सहितको सेवा पाउने आशामा रहेका सल्यान रुकुम पश्चिम सहित रोल्पाका सेवाग्राही निराश छन् ।

गत चैत सम्ममा सल्यान जिल्ला अस्पतालको २ वटा भवन निर्माण गरी सक्ने भनेर जिम्मेवारी पाएको ठेकेदार कम्पनीले गत वैशाख देखि काम गरेको छैन । म्याद गुज्रिएको ३ महिना हुँदा पनि अझै २५-३० प्रतिशत काम बाँकी रहेको छ । ठेके दार कम्पनीले बैंक ग्यारेन्टी नगरेकोले यो समस्या आएको स्वास्थ सेवा केन्द्र सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा मगरले जानकारी दिएका छन् ।
