

फाल्गुन २४, दाङ । दाङको तुल्सीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको चैत २ गते हुने निर्वाचनमा मुख्य तीन दल भिड्ने भएका छन्।
नेपाली कांग्रेस र नेकपा एमाले को कडा प्रतिस्पर्धा हुने देखिएको छ त्यस्तै नेकपा माओवादी केन्द्रलाई पनि अन्य केही साना दलहरुले समर्थन गरेका छन्।


नेपाली कांग्रेसको तर्फबाट यमकान्त भण्डारी, नेकपा एमालेको तर्फबाट मनोज लामिछाने र नेकपा माओवादी केन्द्रको तर्फबाट सीताराम शर्मा आचार्य चुनावी प्रतिस्पर्धामा रहेका छन् । यीमध्ये यमकान्त भण्डारी यसअघि अध्यक्ष र सीताराम शर्मा आचार्य उपाध्यक्ष रहेका थिए।
यस खानेपानी तथा उपभोक्ता तथा सरसफाई संस्थाको चैत २ गते हुने चुनावमा १०९१७ जना मतदाताले मतदान गर्नेछन् ।
निर्वाचन समितिका सदस्य सुशील श्रेष्ठका अनुसार तुलसीपुर खानेपानीको निर्वाचनका लागि नौ लाख रुपैयाँ खर्च छुट्याइएको छ।उक्त रकम खानेपानीको निर्वाचनमा विभिन्न शीर्षकमा छुट्याएको उनले बताए ।



लोकतान्त्रिक प्यानलबाट नेपाली कांग्रेसको तर्फबाट एमकान्त भण्डारीले उम्मेदवारी दिएका छन्। एमकान्त भण्डारी जसले खानेपानीको अध्यक्षमा दोहोरिने कसरतमा छन्। यसअघि उनको कार्यकालमा बबइ लिफ्टिङ प्रोजेक्टको काम जारी भएको तर पूरा नभएको , पानीको मुहानमा तारबारले व्यवस्थित गरिएको ऐलानीमा बसेकाको लागि करिब ३५०० धारा वितरण गरेको र तुल्सीपुरबासीको मागअनुसार पानीको प्यास मेटाउने उद्देश्यका साथ आफूले रआफ्नो प्यानलको उम्मेद्बारी रहेको उनले बताए ।

त्यस्तै संयुक्त लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दिएका मनोज लामिछानेले एक घर एक धारा पानी सहितको धारा भन्ने मुख्य उद्देश्यका साथ आफू चुनावमा हुमेको जानकारी दिए । एकातिर मुहान सुक्दै गएको छ अर्कोतिर धारा वितरण हुँदै गएको छ । आगामी दिनमा कसरी प्रत्येक उपभोक्ताको धारामा पानी ल्याउन सकिन्छ भन्ने मुख्य उद्देश्य हाम्रो रहेको छ। त्यस्तै ठेकादारले पाइप हालिसकेपछि २४ देखि ४८ घण्टाभित्र पाइप पुर्ने र पिज गर्ने सम्झौता भएपनि लागू नभएको र सोही कुराको खबरदारीका लागि आफ्नो प्यानलको उम्मेद्वारी रहेको जानकारी दिएका छन्।
त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट सीताराम शर्मा आचार्यले उम्मेदवारी दिएका छन्। उनले स्वस्थ सहज र पर्याप्त खानेपानी वितरणमा हाम्रो दृढता संस्थागत विकास र समयानुकूल व्यवस्थापनमा हाम्रो प्रतिबद्धता भन्ने मुख्य ध्यय्का साथ उनी मैदानमा होमिएका छन्। उनले भन्छन् मैले उपभोक्ताको समस्या बुझेको छु। किनकि मैले यो भन्दा पहिले यही संस्थाको उपाध्यक्ष भइरहँदा मैले सबै उपभोक्ताको समस्या बुझेको र समाधान कसरी गर्नुपर्छ भन्ने कुरा ज्ञान भएको भन्दै आफ्नो प्यानलको जित सुनिश्चित बताएका छन ।





























