
दाङ , बैशाख १६
दाङको तुलसीपुरबाट फरार रहेको प्रतिवादी ९ बर्ष पछि पक्राउ परेका छन । सोमबार दिउँसो १ बजे तुलसीपुर-६ गुम्राह चोकबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिएका हुन । उनका अनुसार तुलसीपुर-१५ मलवार निवासी ३६ बर्षिया कृष्ण बहादुर चौधरी पक्राउ परेका हुन । चौधरीले चलाएको बसले स्कुटीलाई ठक्कर दिँदा स्कुटरका चालकको मृत्यु भएको अभियोगमा फरार रहेका थिए ।
सहचालक कृष्ण बहादुर चौधरीले चलाएको ना ५ ख ७३१९ नम्बरको बसले रा ३ प २७२३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक रुकुम पश्चिम जिल्ला घर भएका दाङ तुलसीपुर-५ बस्ने २१ बर्षिय दिवाकर वलीको मृत्यु भएको थियोे । आज पक्राउ परी अदालतबाट ७ दिन म्याद थपको अनुमति लिई अनुसन्धान कार्य भई रहेको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
