
पाल्पा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले परिणाम प्राप्त हुने गरी काम गरेको बताएकाछन । पाल्पाको रामपुरमा शुक्रबार नेकपा एमाले नगर कमिटीले आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले सरकारले परिणाम प्राप्त हुने गरी काम गरेको र ती गरेका कामहरूलाई जनस्तरसम्म पुर्याउन पार्टी पंक्ति क्रियाशील हुनुपर्नेमा जोड दिइएको हो।
सडक पूर्वाधार, खानेपानी, सिंचाई, पर्यटन लगायतका आयोजनाहरूलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले पाल्पा जिल्लामा योजनाहरू कार्यान्वयन गरेको जानकारी दिँदै ती योजनाहरूको सदुपयोग र परिणाममा ध्यान दिन आग्रह गरेका हुन ।
‘काम नभएको होइन, प्रशस्त भएका छन् । ती कामको बारेमा हामीले खुलेर प्रचार गर्न सकेनौं कि, बताउन सकेनौं कि । प्रदेश सरकार बनेदेखि थुप्रै कामहरू यहाँहरूको बस्तीमा पुगेका छन्’ उनले भने , ‘सिंचाईका आयोजना हुन् या खानेपानीका, सबै ठाउँमा सरकारले ध्यान दिएको छ ।’
लुम्बिनी प्रदेश सरकारले पाल्पाको रामपुरदेखि पश्चिम–उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर निर्माणको काम जारी राखेको छ ।
