
दाङ, वैशाख १०। मृत अवस्थामा जन्मेकी नवजात शिशुलाई ट्वाइलेटको सेप्टी ट्याङ्कीमा फालेको आरोपमा प्रहरीले दाङको शान्तिनगरबाट महिलालाई पक्राउ गरेको छ । रोल्पाको गङ्गादेव गाउँपालिका– १ ओत घर भइ हाल शान्तिनगर गाउँपालिका –५ कासीपुरमा बस्दै आएकी २७ कि सरिता बिकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिएका छन । चैत्र २४ गते राति साढे ११ बजे सरिताले नवजात शिशु छोरी मृत अवस्थामा जन्माइ प्लाष्टिकको बोराले बेरी घर देखि १०० मिटर पश्चिम रहेको कच्ची ट्वाइलेटको सेफ्टी ट्याङ्की भित्र फालेको प्रहरीलाई खबर आएपछि प्रहरीले पक्राउ गरिएको हो ।महिलालाई शान्तिनगरबाटै बैशाख ७ गते बिहान १० बजे पक्राउ गरेर अहिले अनुसन्धान अघि बढाएको छ । b
