

तुलसीपुर, २ चैत दाङको तुल्सीपुर वडा नम्बर ८ दुधेनामा रहेको शान्तिदप इङ्लिस बोर्डिङ स्कुलले आज विविध कार्यक्रमका साथ कक्षा १० का विद्यार्थीहरुलाई बिदाई गरेको छ।


कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर शाह, विशिष्ट अतिथि स्कुल सञ्चालक समितिका सदस्य अर्जुन शाह, नेत्रलाल भण्डारी (नारायण), बिमल ओली ,सह प्राध्यापक शरद देवकोटा रहेका थिए ।




प्रमुख अतिथि शाहले विद्यार्थीहरूले विदाई भएर जाँदा कत्ति पनि चित्त नदुखाउन र आगामी खुड्किलाहरु क्रमश रुपमा पार गर्दै जान आग्रह गरेका थिए।

कक्षा नौकी छात्रा सलिना काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यार्थीको तर्फबाट सबिना काफ्ले विनिता चौधरी अमृता पुन माया रिजालले मन्तव्य शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै विद्यालयबाट बिदाई भएर जान लागेका विद्यार्थीहरूलाई मावि विज्ञान शिक्षक तथा परामर्श संयोजक सनद देवकोटा, खगेन्द्र प्रसाद काफ्ले, लिलाराम पोख्रेल,नारायण भट्टराई शरद देबकोटा, मेनका भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन कक्षा नौ कि छात्रा लक्ष्मी केसी र खुस्बु सापकोटाले गरेका थिए !





























