
दाङ, साउन ६
नेपाली काङ्ग्रेस दाङले सस्थापक नेता नेपालका जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ४३ औं स्मृती दिवसको अवसरमा दंगीशरण गाउँपालिकाको प्रसडुवामा रहेको भानु माध्यामिक बिधालयको प्राङ्गणमा बृक्षरोपण गरेकोछ ।नेपाली काङ्ग्रेस दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको ब्यबस्थापनमा बिधालय परीसरमा बृक्षरोपण गरिएको हो ।
विपि स्मृती दिवसका अवसरमा आयोजित बृक्षारोपण कार्यक्रममा कार्यक्रमका प्रमुख अथिती नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले ८४ मा हुने निर्वाचनलाइ आफ्नो पक्षमा ल्याउन पार्टीभित्र बहस र पैरवीगर्न आवस्यक रहेको बताएका छन भने समयको सदुपयोग र संघठन निर्माणको लागि खर्च गर्नुपर्ने उनको भनाइ थियो । १४औं महाधिवेशनमा कोहि कतै कोहि कतै लागेको भएपनि अब सवै एकैठाउमा आउनुको बिकल्प नरहेको केन्द्रिय सदस्य गिरीको भनाइ थियो ।
अर्को प्रसङ्गमा गिरीले आफ्नो चरीत्र आचरण र व्यबहार २००७ साल र २०१७ सालकै चरीत्र,आचरण र व्यबहारले भुइमान्छेको सङ्ग पुग्न नसकिने र जबसम्म काङ्ग्रेस भुइमान्छे सम्म जोडिन सक्दैन भुइ मान्छेको समस्या समाधानका लागि जोडिन सक्दैन तवसम्म काङ्ग्रेस काङ्ग्रेस बन्न नसक्ने भन्दै प्रमुख अथिती गिरी जिकिर गरे ।
सोही अवसरमा नेपाली काङ्ग्रेस दाङका जिल्ला सभापती शंकर प्रसाद डाङ्गीले बिपि स्मृतीको अवसरमा दाङ काङ्ग्रेसले निरन्तर थुप्रै रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताएका छन ।बिपिको बिचार र आदर्श अनुरुप दाङ काङ्ग्रेस अगाडि बढेको र आगामी दिनमापनि थप रचनात्मक कार्यक्रमका साथ अगाडी बढ्ने बताएकाछन ।b
