
तुलसीपुर (दाङ) — तुलसीपुर उपमहानगरपालिका–५ ख लाइनस्थित एक घरमा अबैध रूपमा जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मिति २०८२ साल कात्तिक २ गते साँझ करिब ५ बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हेमराज खड्काको घरमा छापा मारी जुवा खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको हो।
खड्काको कोठामा प्रहरीले १ गड्डी तास र नगद रु. ५५ हजार १९५ रुपैयाँ बरामद गरेको जनाएको छ। पक्राउ परेकामध्ये घरधनीसहित पाँच जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा—
१. तुलसीपुर–५ ख लाइनका ५४ वर्षीय हेमराज खड्का,
२. तुलसीपुर–५ बिरेन्द्रचोकका ४५ वर्षीय श्रीधर रजौरे,
३. तुलसीपुर–८ दुधेनाका ४४ वर्षीय अम्मरकुमार शर्मा,
४. तुलसीपुर–५ क लाइनका ४५ वर्षीय प्रमोद गौतम, र
५. तुलसीपुर–५ ख लाइनका ५४ वर्षीय वकिल केसी रहेका छन्।
प्रहरीले बरामद सामग्री र पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
