
दाङ २९ असार । दाङको फुलवारीमा सर्पको टोकाइबाट २२ महिनाका बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुर निवासी नुरज परियारका छोरा एनिस परियार रहेको इलाका प्रहरी कार्यालय तुसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिएका छ्न । बालकलाई दिउसो सवा ४ बजे सर्पले बायाँ हातको हत्केलामा टोेकेको थियो । घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय फुलवारीबाट प्रहरी नायव निरीक्षक रामसिङ धामीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
घटनापछि तत्कालै परिवारले उनलाई राप्ती प्रादेशिक अस्पताल पुर्याएका थिए । अस्पतालमा उपचारकै क्रममा साँझ साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सो समयमा आमा अनिता परियार स्थानीय जंगलमा च्याउ टिप्न गएकि थिइन। यहाँ स्वास्थ सस्थाहरुले सर्पले टोकेको बिरामीहरुको संख्या बढ्न थालेलेको बताएको छ ।b
