
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट संसद् प्रवेश गर्ने उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ। पार्टीले संविधानअनुसार विभिन्न समुदायबाट प्रतिनिधित्व हुने गरी नामहरू समावेश गरेको जनाएको छ।
सार्वजनिक सूचीअनुसार खस आर्य समूहबाट प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विद्युती राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका सङ्ग्रौला, कामिनी थापा, आङ्कलक्ष्मी श्रेष्ठी, सारथि भण्डारी, मदन भुसाल, प्रभा कार्की, शोभा खनाल, रिता कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल र रमेश प्रसाईं रहेका छन्।
आदिवासी जनजाति समूहबाट बसुमाया तामाङ, गङ्गा छन्त्याल, सुनिमा उदास, अनुस्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुङ, सुजाता तामाङ, कृपा महर्जन, ललिता गुरुङ, राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिन्दु ग्याबु शेर्पा समावेश छन्।
यस्तै मधेसी समूहबाट पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, पुष्पोत्तम सुभभात यादव र खोरेन्द्र कर्ण रहेका छन्।
थारु समूहबाट गीता चौधरी, करिश्मा कँडरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी समावेश छन्।
त्यसैगरी दलित समूहबाट रिमा विश्वकर्मा, अमृता विक, सीता वादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा र खिमा विक रहेका छन्।
यस्तै मुस्लिम समुदायबाट सानिमा मियाँ, अफ्साना बानु र गलाजा शमीम मिक्रानी समावेश गरिएको छ।
पार्टीले संविधानले तोकेको समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै समानुपातिक सूची सार्वजनिक गरेको जनाएको छ।
