
दाङ
७-साउन/बास्तबिक खबर समाचारदाता
दाङको तुलसीपुरमा भएको एक कार्यक्रमका बक्ताहरुले अपाङ्गता भएका ब्यक्तीहरुलाई रोजगारमा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । अपाङ्गता भएका ब्यक्तीहरुलाई रोजगारीमा लिने र समावेशी कार्यास्थल बारे रोजगारदाताहरुलाई अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
युएसएआईडीको आर्थिक सहयोग तथा सीबिएम,डेक नेपाल र कोशिष को साझेदारीमा संचालित USAID सक्षम परियोजना अन्तर्गत आईतबार तुलसीपुरमा आयोजित अभिमुखिकरण कार्यक्रममा बक्ताहरुले कार्यस्थल पहुचयुक्त बनाउने समेत प्रतिबद्धता जनाएका हुन् ।
त्यस अवसरमा अपाङ्गता भएका ब्यक्तीहरुलाई राज्यले मात्रै नभई आम संघसंस्थाहरुले हेर्ने दृष्टिकोण परिबर्तन गर्नुपर्ने डेक नेपालका कार्यक्रम ब्यवस्थापक तथा अभिमुखिकरणका प्रशिक्षक जीवन गिरीले बताए । उनले अहिले पनि धेरै कार्यालय र संघसंस्थाहरु पहुचयुक्त नभएको बताए । उक्त कार्यक्रम दाङको तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा सञ्चालन भयको छ। १८ बर्षदेखि ५८ बर्ष भित्रका अपाङ्गता भएका ब्यक्तीहरुलाई आर्थिक शसक्तिकरण गर्न उक्त परियोजना सञ्चालनमा रहेको बरिष्ठ सहजकर्ता देवा डाँगीले बताईन् । उनका अनुसार अहिले अपाङ्गता भएका ब्यक्तीहरुलाई बिभिन्न सीप मुलक तालिम प्रदान गरिएको छ ।
मोवाईल मर्मत, सिलाईकटाई, कम्प्युटर अपरेटर, ब्यूटिसिएन, अगुवा कृषक, रोजगारी तयारी लगायतका तालिमहरु प्रदान गरिएको उनको भनाई छ । २०२२ देखि यो कार्यक्रम सुरु भएको सहजकर्ता बसन्ती वलीले बताईन् । दाङका दुई पालिकाका १२ हजार ८ सय ८१ जना लाभान्वित हुने लक्ष्य रहेको उनको भनाई छ।
