
बास्तबिकखबर समाचारदाता,२१ कात्तिक । पोखरामा भएको रास्वपाको आन्दोलनको दृश्य छायाङ्कन गरीरहेका रिपोटीङमा खटिएका गण्डकी छड्केका क्यामरापर्सन राजकुमार माझीलाई कास्की प्रहरीले घेरा हालेर निर्घात कुटपिट गरेको छ । पोखरामा भएको रास्वपाको आन्दोलनको दृश्य छायाङ्कन गरीरहेका उनलाई वरपर रहेका अन्य पत्रकार साथीहरुले ‘पत्रकारलाई नकुट्नोस’ भन्दै हार गुहार गर्दा समेत कुट्ने काम रोकिएन ।

प्रतक्ष्यदर्शीका अनुसार गण्डकी छड्केको लोगो देखेपछी नै प्रहरी जाइलागेको थियो । पत्रकार अपिल त्रिपाठीले आफ्नो फेसबुकमा लेख्छ्न “हामी संग कहिलेको के को रिस हो ? भन्ने मेसो पाउन सकिरहेको छैन ” । घटनामा संलग्न प्रहरीहरुलाई तत्काल कानुन बमोजिमको कारवाहीको लागी जोडदार माग त्रिपाठिले गरेका छन ।
घाइते राज कुमारको अहिले उपचार भैरहेको छ ।