
वास्तविक खबर समाचारदाता-
तुलसीपुर ६ गोलौरामा आज दिउँसो १२:३० बजे मोटरसाइकल एक-आपसमा ठोकिदा ३ जना घाइते तुलसीपुर ११ कटाहा बाट तुलसीपुर तर्फ आउदै गरेको रा २प ९०६९ नम्बरको मोटरसाकल र बिपरित दिशाबाट आउदै गरेको रा४ प७२८५ नं.को मोटरसाइकल आपसमा ठोक्किदा १- रा ४ प ७२८५ नम्बरको मोटरसाइकल चालक तुलसीपुर ५ न्युरोड बस्ने बर्ष ३२ को रामप्रसाद लोनिया दाँया हात भाचिएको छ |
त्यस्तै २- रा २ प ९०६९ नम्बरको मोटरसाइकलको पछाडी सवार तुलसीपुर ११ कटाह वस्ने ४९ वर्षकि गीता वली घाइते भएकी छिन उनलाइ निधारमा चोट लागेको छ भने मोटरसाइकल चालक चालक कटाहकै को बिनोद कुमार बस्नेत सहितका घाइते तिनै जनाको तुलसीपुर स्थित सिटी हस्पिटलमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ | २ वटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लियको छ |
