
दाङ,१२ असार | तुलसीपुर उपमहानगरपालिका ११ मा रहेको सामाजिक संजालमा भाइरल पुल अहिले जिर्ण बन्दै गएको छ | पुलले थेग्नसक्ने तौल भन्दा धेरै ब्यतिहरु पुलमा बसेर टिकटक बनाउने अनि मोटर साइकल आवत जावत गर्ने गर्ने भए संगै पुलका नट, भोल्ट खस्न शुरु गरेका छ्न | करिब २ बर्ष पहिले निर्माण सम्पन्न उक्त पुल अहिले आयर जताततै फोटो , भिडियोमा देखिन थालेपछी स्थानिए खुसी देखिन्छन | एक स्थानीयले – जे पनि दाङमै भाइरल हुने रैछ भन्दै खुसी व्यक्त गरेका छन |

सल्यान शंकमुलबाट पुल घुम्न आएका सन्तोस रेग्मिले आफुले टिकटक चलाउदै गर्दा भिडियो देखि सकेपछी आफुले पनि टिकटक बनाउनकै लागि भएपनीएपनी यहाँ सम्म आयको बताए | दैनिक जसो ५ सय देखि १ हजार सम्म ब्यक्तीहरु उक्त पुल भएको ठाउमा घुम्न आउने गरेको पाइन्छ |
तर, घुम्न आएका ब्यक्ती हरुले नास्ता खाएर प्लास्टिक , पानीका बोत्तलहरु ,चुरोटका ठुटाहरु,चटपटे खायर फालेका कागज हरुले गर्दा पुल वरपरको स्थान कुरुप बन्दै गएको छ |
