
वास्तविक खबर समाचारदाता
साउन २२- जाजरकोटको भेरी नगरपालिका-६ गंजमा भएको जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ भने १२ भन्दा बढी घाईते भएका छन् ।
जाजरकोट सदरमुकाम खलंगाबाट वडा नम्बर ६ नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ डबल क्याप बोलेरो जिपमा १७ जना सवार रहेकोमा चालक भेरी नगरपालिका–६ गंगटियाका ३५ वर्षीय मानबहादुर वलीको मृत्यु भएको हो । जिप सडकबाट ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
