
दाङ
दाङको तुलसीपुर उपमहानगरपालिका भित्र निजि लगानिमा संचालित बिध्यालयलाइ वर्गीकरण गर्ने सहमति भएको शिक्षा तथा खेलकुद महासाखाका अधिकृत मन बहादुर खड्काले बताए | अहिले शुल्कमा मनोमानी रहेको पाइछ |
तुलसीपुर दाङमा गुरुकुल एकाडेमिले नर्सरीका बिध्यार्थीसंग ४ हजार ५ सय मासिक शुल्क लिने गरेको पाइएको छ | त्यो भन्दा माथीको कक्षामा एक सय देखि दुई सयाका दरले वृद्धि गर्दै लगेको पाइएको छ | गुरुकुल एकाडेमिले ९ कक्षा सम्म पाच हजार पाच सय लिने गरेको छ |
नर्सरी कक्षामा तिन हजार पाच सय रुपैयाँ मासिक शुल्क संस्कार पाठ्शालाले लिने गरेको पाइएको छ | त्यसैगरी मथिल्नो कक्षामा क्रमस दुई सय देखि एक हजार सम्म बढाउदै लिएको छ | कक्षा १० मा ६ हजार ५ सय रुपैयाँ लिने गरेको पाइएको छ |
केही समय अघि तुलसीपुर उपमहानगरपालिकाले पालिका भित्र संचालित निजि बिद्यालयसंग शुल्क माग गरिएको थियो |
