
बास्तबिकखबर समाचारदाता,२३ कात्तिक ।
प्राकृतिक कला केन्द्र दाङले तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको मध्य केही रकमले मानवसेवा आश्रम तुलसीपुरमा खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
बिगत लामो समयदेखी दाङको तुलसीपुरमा संचालनमा रहेको प्राकृतिक कला केन्द्र तुलसीपुर-६ द्वारा देउसी भैलो खेलेर आएको दक्षिणाले खाद्यान्न सामाग्री सहयोग गरेको हो ।कला केन्द्रले बिगतदेखी नै दुखी ,गरिब, तथा आर्थिक स्थिति कमजोर भएकालाई कला केन्द्रको निगरानीमा हुने गरि स्कुल,कलेजमा पढ्नको लागि समन्वय गर्दै आयको कला केन्द्रका अध्यक्ष चोभार पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार तिहारमा भैलो खेलेर जम्मा भएको पैसा घुमेर , बनभोज गरेर सक्नु भन्दा गरिब,दुखिको सेवामा लाग्दा मन प्रसन्न हुने भन्दै देउसी भैलो खेलेका बिद्यार्थिको सहमतीमा मानवसेवा आश्रम तुलसीपुरमा खाद्यान्न सामाग्री सहयोग गरिएको हो ।सहयोग कार्यक्रममा कला केन्द्रका नृत्य निर्देशक तुफान वली, कलाप्रेमी खिम हिताङ लगायत कलाकेन्द्रका सम्पुर्ण विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
