

पुस १२ दाङ ।
सेवाग्राहीसँग घुस लिने रोल्पाका ट्राफिक प्रहरी प्रमुख तथा सही ललित कुमार बुढाथोकी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। उनलाई २५ हजार घुस लिने क्रममा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।


घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले बुढाथोकी विरुद्ध मुद्दा दायर गरेको हो। बुढाथोकी विरुद्ध २५ हजार बिगो रकम कायम गरी तीन महिनासम्म कैद सजाय माग गरिएको छ ।
































