
पुस १२,दाङ ।
शुक्रबार साँझदेखि देशको पश्चिमी भूभागबाट पानी पर्ने प्रणालीभित्र नै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
प्रणालीको प्रभावका कारण शुक्रबार अपराह्न देखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा अधिकांश स्थानमा तथा गण्डकी बागमती र कोशिका उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले वर्षा हिमपात र चिसोका कारण दैनिक जनजीवन स्वास्थ्य पर्वधार हुन् हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी गर्न सर्वसाधारण तथा सरोकारवाला सबैमा अनुरोध गरेको छ ।
