
प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को मङ्गलवार ५ हजार बढिले अबलोकन गरेको महोत्सव मुल आयोजक समितीका सयोजक अजय बुढाथोकीले जानकारी दिएकाछन ।
१० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उधान, डुङ्गा ,स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरु सहितको स्टलहरु रहेकाछन ।मेलामा प्रबेश सुल्क १०० एक सय रुपैयाँ लाग्ने आयोजकले बताएकोछ । मङ्गलवार भोलि चर्चित गाएक हेमन्त शर्म,चौधरी गाएक रचना चौधरी लगायतका कलाकरहरुको प्रस्तुती रहने मुलआयोजक समितिले बताएकोछ ।स्थानीय स्तरमा संचालन हुन लागेको प्रथम महोत्सव सफलपार्न सवैजनाले आ आफ्नो ठाउँबाट सहयोग पुर्याइदिन महोत्सव मुल अयोजक समितीले सवैमा आग्रह गरेकोछ ।
