
दाङ २६ माघ
दाङ घोराही त्रिभुवननगर जेसीजको आयोजनामा बहुशाखा पदाधिकारी तालिम सम्पन्न भएको छ। आज त्रिभुवननगर जेसीज तालिम प्रतिष्ठानको सहकार्यमा आयोजित तालिममा त्रिभुवननगर जेसीज, दाङ महिला जेसीज, लमही जेसीज, र तुलसीपुरनगर जेसीज गरी चारवटा शाखाका ४० जना पदाधिकारीहरू को सहभागिता रहेको थियो। त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावत (अनन्त) को अध्यक्षतामा सम्पन्न तालिममा प्रमुख प्रशिक्षक पूर्व अध्यक्ष कुमारराज श्रेष्ठ रहनुभएको थियो।
साथै, प्रशिक्षकका रूपमा तालिम प्रतिष्ठानका अध्यक्ष राजिब उल्लाह खान, पूर्व अध्यक्ष माधव प्रसाद पौडेल, र निवर्तमान अध्यक्ष रबि किरण के.सी. ले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रम संयोजक राजन घर्ती को स्वागत मन्तव्यबाट सुरु भएको तालिममा तुलसीपुर जेसीजका अध्यक्ष सन्दिप भुषाल, दाङ महिला जेसीजकी अध्यक्ष अनिता ढकाल, र लमही जेसीजका अध्यक्ष रामदिन चौधरी ले मन्तव्य राख्नुभएको थियो।
तालिममा नेतृत्व विकास, व्यवस्थापन, प्रभावकारी सञ्चार लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। महासचिव कृष्णदेव थापाले तालिमको सहजिकरण गर्नुभएको थियो भने काार्यकारी उपाध्यक्ष हिमाल पौडेल ले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।
