
दाङ, चैत २३ ।
दाङको तुल्सीपुर उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ को कक्षा ८ को नगरस्तरीय परीक्षाको नतिजा सार्वजनिक गरेको छ।यस उपमहानगरपालिकामा रहेका ३७ वटा सामुदायिक विद्यालयमध्ये ३ वटा विद्यालयले शून्य प्रतिशत नतिजा ल्याएका छन् ।
मावि प्रतापकोट,जनजागृति मावि पातु वनगाउँ, र मावि बेल्झुण्डीले परीक्षामा सहभागी कुनै पनि विद्यार्थी उत्तीर्ण गराउन सकेनन । अन्य विद्यालयले पनि सन्तोषजनक नतिजा ल्याउन सकेका छैन भने नमुना भनेका विद्यालयको पनि नतिजा कमजोर रहेको छ। शैक्षिक केन्द्रको रुपमा रहेको पालिकाको यो नतिजा लज्जास्पद रहेको देखिन्छ । संस्थागत विद्यालयतर्फ भने कुनै पनि विद्यालयको शुन्य नतिजा आएको देखिँदैन ।
तर गत वर्षको भन्दा यस वर्षको नतिजा राम्रो भएकोले पालिकामा शिक्षा सुधार सुधारोन्मुख रहेको पालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताएका छ्न ।
