
वैशाख २७ दाङको तुलसीपुर उपमहानगरले जेष्ठ नागरिकहरुलाइ घुमाउन लगेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन । तुलसीपुर उपमहानगरपालिकाकी महिला बालबालिका तथा सामाजिक बिकास शाखा प्रमुख माया श्रेष्ठसहित तुलसीपुरका जेष्ठ नागरिकहरु प्युठानको श्वर्गद्वारी मन्दिर दर्शन गरि फर्कदै गरेको बा २ ख ८७९२ नम्बरको गाडी र बुटवलबाट तुलसीपुरतर्फ आउदै गरेको बा ३ ख ७९५७ नम्बरको गाडी तुलसीपुर-१८ हेमन्तपुर नजिकै आज बेलुका साढे ४ बजेको समयमा ठक्कर खादा दुर्घटना भएको हो ।
दुर्घटनामा परि बा २ ख ८७९२ नम्बरको गाडीमा सवार तुलसीपुर-१२ निवासी ७१ बर्षिय लेखराज बस्नेत, उहाकी श्रीमती ७१ बर्षकै जयन्ती बस्नेत, तुलसीपुर-४ निवासी ७७ बर्षिय पुर्ण बहादुर खड्का, उहाँकि श्रीमती ७६ बर्षिया अमृता खड्का, उहाँकि छोरी ५२ बर्षिया हरिकला केसि, तुलसीपुर-४ निवासी ८३ बर्षिय जसिराम खड्का, तुलसीपुर-१० निवासी ६३ बर्षिय टेकेन्द्रराज भट्टराई, तुलसीपुर- ११ निवासी ७३ बर्षिया केशव डाङ्गी रहेका छन । यस्तै बा ३ ख ७९५७ नम्बरको गाडीमा सवार तुलसीपुर-७ खर्चुवा निवासी ५१ बर्षिया बिष्णु बुढाथोकी , तुलसीपुर-८ निवासी ३९ बर्षिया सबिता शर्मा, तुलसीपुर-४ बनहरी निवासी ७० बर्षिय एमलाल पार्धे, त्यसैगरी तुलसीपुर-५ का ३२ बर्षिय तुफान केसि, तुलसीपुर- १९ निवासी २२ बर्षिय नवराज खत्री घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते सबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भएको छ । घाइते मध्य लेखराज, जयन्ती र एमलालको अहिले प्रादेशिक अस्पतालमै उपचार भैरहेको छ भने अन्य सबैलाइ उपचारपछि डिस्चार्ज गरिएको छ । ३ वटै सवारीसाधन नियन्त्रणमा लिएको प्रहरी चौकी बिजौरिका प्रमुख सइ भरत ओलिले जानकारी दिनुभएको छ ।b
