
दाङ,१ कात्तिक । राप्ती बबइ क्याम्पस तुल्सिपुर दाङको नयाँ भवनको आज सिलन्यास गरिएको छ । राप्ती बबइ क्याम्पस संचालक समितिका अध्यक्ष स्याम रेग्मी द्वारा नया भबनको सिलन्यास गरिएको हो ।

भबन सिलन्यास कार्यक्रममा क्याम्पस संचालक समितिका उपाध्यक्ष मिनराज वली, कोषाध्यक्ष बिनिल के.सि.,सदस्य दामोदर लामिछाने,क्याम्पस प्रमुख गणेश पार्धे, स्वबियु सभापती अनिल कार्की लगायत प्राध्यापक, बिध्यार्थी तथा कर्मचारिहरुको उपस्थिति रहेको थियो।
