
कार्तिक,६ दाङ । चाडपर्ब समयमा यो बर्ष पनि चोरीका घटना रोकिएनन । दाङको घोराही,तुलसीपुर ,लमही लगायतका सहरमा दिउसै चोरी हुने गरेको छ । चाडपर्वको बेला घरपरिवार एकै ठाउँ बसेर लामो समय कटाउछ्न सोही समयको मौका छोपी घरमा पसेर चोरी गर्ने गरेको पाइन्छ । तुलसीपुरको ग लाइन मा रहेको रौनियार मेडिकल देखि मथिल्नो सरद केसीको घरमको दोस्रो तलामा रहेका तीन वटा कोठामा ताला फोडी दिउसै घरमा कोहि नभएको मौका छोपी चोरी भएको सरदले बताए ।
त्यस्तै सोही घरदेखी अगाडि रहेको जेनि नास्ता पसलको बाहिर रोकि राखेको रा. ७ प ४७६७ नम्बरको कालो -निलो रङको पल्सर २२० सिसिको मोटरसाइकल पनि सोही समयमा चोरी भएको हो । प्रहरी उजुरी दिएको तीन दिन हुदा सम्मपनी केही प्रतिक्रिया नआएको मोटरसाइकल धनीले बताए ।
दाङको तुलसीपुरमा घरको सटर भित्र रोकेर राखेका गाडी, मोटरसाइकल, साइकल प्रायः हराउने गरेको तर नभेटिने भदै तुलसीपुरबासी नागरिक सधै जसो त्रासमा हुन्छन् ।
