
बास्तबिक खबर समाचारदाता
दैलेख, साउन १५
लामोसमय देखि पानी माथि आगो बल्दै आयको दैलेखको पाचथान पण्चकोशि ज्वाला क्षेत्र धार्मिक तथा सास्कृतिक केन्द्र हो। दर्जन भन्दा बढी स्थानहरुमा ज्वाला बलिरहेको यस ठाउमा चिनिया र नेपाली प्राबिधिक टोलि मिलेर पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्य शुरु गरिएको छ।
चीनबाट ल्याइएका उपकरणको सहायताले हरेक २४ घण्टामा ४० मिटर गहिराही डिलिङ्ग गरेर १/१ मिटर इण्टरभलबाट आउने माटो अनि बिभिन्न ढुंगाको परिक्षण गर्ने कार्य भैरहेको छ।
पेट्रोलियम अन्वेषणका परियोजना प्रमुख दिनेश कुमार नापितका अनुसार संकलन गरेको नमुनालाई ल्याबमा परिक्षण गरेर छिटो भन्दा छोटो काम सकेर रिपोर्ट सार्बजनिक गर्ने तयारि भैरहेकोछ।
