
बास्तबिकखबर समाचारदाता,१ मङ्सिर ।
नेपालकै चर्चित ताप्लेजुङ जिल्लाको पाथिभरा मन्दिरमा क्यु आर बाट भेटी चढाउने गराउने गरेको पाइएको छ ।दर्शन गर्न घुम्न, पुजा पाठ गर्नगएका भक्तजनहरुले मोबाइलबाटै क्यु आर बाट पाथिभरा बिकास कोषको खाता दान ( पैसा) जम्मा गर्ने ब्यबस्था मिलाइएको पाथीभरा बिकास समितिका प्रजिन लिम्बुले बताए ।

पाथिभरा मातालाइ कबुल( भाकल) गरेर दान गर्न चहाने र स्वयं भौतिक रुपमा उपस्थित हुन नसक्ने हरुको लागि भक्तजनकै अनुरोधमा क्यु आरको ब्यबस्था मिलाइएको निर्देशक लिम्बुले बताए। पाथिभरा बिकास कोषकै खातामा रकम आउने र केही सहज हुने भन्दै सबैलाइ भने अनिबार्य नभएको उनले बताए ।
पश्चिम नेपाल सल्यानबाट घुम्न आयका सुदर्शन रेग्मीले पाथिभरा क्षेत्र देशकै उत्कृष्ट गन्तब्य रहेको आफुले महसुस गरेको बताउननु भयो । दैनिक दुई हजार देखि तीन हजारको हाराहारीमा दर्शन गर्न आउने गरेको निर्देशक लिम्बुले जानकारी दिए ।
