
दाङ , असार ५ गते ।
दाङको घोराही तुलसीपुरका स्थानीय लाई अहिले आधा घण्टा सहज यात्रा गर्न सक्ने चार लेन सडक चाहिएको छ।
नेताहरूको आ-आफ्नै अडानका कारण यो बाटो नेताहरूको चुनावी नारा मात्रै बन्न गएको भान भएको छ। चुनाव आउँदा नेताहरूले आफ्नो मुख्य एजेण्डा यसलाई बनाउने गरेका छन्। मुख्य दल नेकपा एमाले, माओवादी र कांग्रेसले आफ्नो एजेण्डा बनाए पनि यो बाटो खाल्डाखुल्लीका कारण जिर्न बन्दै गएको छ। र यात्रुहरूले अकालमा ज्यान गुमाउनु परेको छ।
दाङ हापुरका नवीन थापा मगरले यो चार लेन सडक नेताका लागि चुनावी नारा मात्रै रहेको बताउछ्न । नेताले बोल्ने मात्रै गरे काम गरेनन् उनको गुनासो छ।
त्यस्तै स्वतन्त्र अभियान्ता भनेर चिनिने मेघराज केसीले कैयौँ वर्ष अगाडिदेखि उठाएको यो कुरा हो तर यो सम्भव नभएको बताए । नेताहरू आआफ्नै स्वार्थको लडाईमा लडिरहेको र बाटो बनाउनुपर्छ भनेर एकमत अझै नेतामा नभएको उनले भनाइ छ ।
त्यस्तै तुल्सीपुर १७ का मानबहादुर बस्नेतले ठोकवाका साथ नेताले बाटो आफ्नै कारणले नबनाएको बताए साथै बाटो साँघुरो भएकाले रात्रिको समयमा यात्रा गर्दा असहज महसुस हुने उनले बताए ।
यता तुल्सीपुर ६ का सरसफाई अभियान्ता निमबहादुर बुढाथोकीले ढिलो ढिलो चाँडो बाटो बन्नुपर्छ तर अहिलेको यो राजनीतिक खिचातानीले बाटो बन्नेमा आफू विश्वस्त नरहेको बताउँछन्।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले २ अर्ब५२ करोडमा दिवा- बन्धन भगवती निर्माण सेवाले ठेक्का पाइसकेको आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।
तर, घोराही तुल्सीपुर चारलेन सडक निर्माणका लागि अहिले मूल्याङ्कनको काम भइरहेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय प्रमुख दीप बराहीले जानकारी दिनुभयो उहाँका अनुसार आगामी केही दिनमा ठेक्का पाउने कम्पनीको टुंगो लाग्नेछ ।
उनका अनुसार सामाजिक सञ्जालमा ठेक्का लागेको कुरा भ्रामक हो।b
