
असार १। सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्र’दायिक भावनामा खलल पुर्याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्ने रमा बस्नेत छिन् । ३१ वर्षीया बस्नेतलाई आइतबार पक्राउ गरेर अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दीपक राज अवस्थीले बताए । ब्युरोका अनुसार उनले नियोजित रूपमा सामाजिक सञ्जालमा संवेद’नशील विषयवस्तुहरू राखेर जातीय द्व’न्द्व निम्त्याउने, चरित्र ह’त्या हुने खालका सामग्री पोस्ट गर्ने र संस्थागत छविमा आँच पुर्याउने काम गरिरहेकी थिइन् ।
