
तुलसीपुर, दाङ ।
शैक्षिक उत्कृष्टता, समर्पण र गुणस्तरीय शिक्षाको प्रतीकका रूपमा परिचित ज्ञान ज्योति फाउण्डेशन तुलसीपुर अन्तर्गत सञ्चालित एमबिए (Master of Business Administration) कार्यक्रमका विद्यार्थीहरूले पहिलो सेमेष्टरको नतिजामा उल्लेखनीय सफलता हासिल गरेका छन्।
फाउण्डेशनले सार्वजनिक गरेको नतिजाअनुसार, बर्षा के.सी. ले सबैभन्दा उच्च ३.६७ GPA ल्याउँदै शीर्ष स्थान हासिल गरेकी छन्। त्यसपछि रवि गुप्ता (३.६३ GPA), मनिषा डागी (३.६२ GPA), अञ्जना खड्का (३.६० GPA), होमा भण्डारी (३.६० GPA), सान्ता चौधरी (३.६० GPA), अनामिका बस्नेत (३.५७ GPA) र सुनिता खनाल (३.५७ GPA) ले पनि उच्च अंक प्राप्त गरेका छन्।
त्यस्तै सान्ता भण्डारी (३.५३ GPA), श्रेया ढकाल (३.५३ GPA), सुस्मिता ओली (३.५३ GPA), लक्ष्मण ज्ञवाली (३.४७ GPA), प्रभिन रावत (३.४७ GPA), सुस्मिता चौधरी (३.४७ GPA), बिशाल शर्मा (३.४३ GPA) र समिशन जी.सी. (३.४० GPA) ले पनि उत्कृष्ट नतिजा ल्याएर फाउण्डेशनको प्रतिष्ठा अझ माथि उचालेका छन्।
ज्ञान ज्योति फाउण्डेशनले विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनको प्रशंसा गर्दै आगामी सेमेष्टरमा अझ राम्रो नतिजाको अपेक्षा व्यक्त गरेको छ। फाउण्डेशनले शैक्षिक गुणस्तरमा निरन्तर सुधार, अनुभवी शिक्षकहरू, विद्यार्थीमैत्री वातावरण र व्यावहारिक शिक्षामा जोड दिँदै आएको छ।
शैक्षिक उत्कृष्टताको केन्द्र
फाउण्डेशनले विद्यालयदेखि स्नातकोत्तर तहसम्मका गुणस्तरीय कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसले बीबीए, बीबीएस, बीसीए, बीएससी, बीएससी–CSIT र एमबिए जस्ता कार्यक्रमहरू मार्फत जिल्लाबाहिर नजाँदै उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको छ।
शिक्षासँगै संस्थाले विद्यार्थीको नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सृजनात्मक सोच विकासमा पनि विशेष ध्यान दिँदै आएको छ। त्यसकै परिणामस्वरूप फाउण्डेशनले हालसम्म राष्ट्रिय स्तरमा “School of the Year” उपाधि र “Top Performing Institution” को मान्यता समेत प्राप्त गरेको छ।
सामाजिक उत्तरदायित्व र सहभागिता
शिक्षणको अतिरिक्त, ज्ञान ज्योति फाउण्डेशनले समुदायसँगको सम्बन्ध बलियो बनाउन विभिन्न सामाजिक तथा मानवीय अभियान सञ्चालन गर्दै आएको छ। आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्ति योजना, स्थानीय समुदायसँग सहकार्यमा सामाजिक सेवा कार्यक्रम र वातावरणीय सचेतना अभियान सञ्चालन गर्दै आएको छ।
संस्थाको प्रतिबद्धता
संस्थाका पदाधिकारीहरूका अनुसार, “ज्ञान ज्योति केवल शिक्षाको केन्द्र होइन, जिम्मेवार समाज निर्माणको आधारशिला पनि हो।”
फाउण्डेशनले विद्यार्थीमा “सीप, सोच र संस्कार” तीनै गुणको विकास गर्न निरन्तर प्रयासरत रहेको बताइएको छ।
