
काठमाडौं ।
नेपाल सरकारको गृह मन्त्रालयले लामो समयदेखि विना जानकारी आफ्नो कार्यस्थलमा गैरहाजिर रहेकी प्रहरी निरीक्षक अनु लामालाई सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सात दिने म्याद सूचना जारी गरेको छ।
मन्त्रालयले स्वीकृत बिदा अवधि सकिएर पनि लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेकी लामामाथि अनुशासनहीन कार्य गरेको आरोप लगाउँदै यस्तो चेतावनी दिएको हो।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार, प्रहरी निरीक्षक अनु लामाले २०७२ साल असार २५ गतेदेखि १० दिनको बिदा लिएकी थिइन्। त्यसपछि थप १० दिनको बिदा स्वीकृत भएको थियो।
तर, कुल २० दिनको स्वीकृत बिदा अवधि सकिएपछि उनी २०७२ साउन ५ गतेदेखि निरन्तर ४५ दिनसम्म विना जानकारी कार्यालयमा अनुपस्थित रहँदै आएकी हुन्।
गृह मन्त्रालयले जारी गरेको म्याद सूचनामा भनिएको छ :-
“प्रहरी निरीक्षक अनु लामा बिदा समाप्त भई कार्यस्थलमा उपस्थित नभएकाले यो सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र सन्तोषजनक लिखित स्पष्टीकरणसहित उपस्थित हुन आदेश दिइएको छ।”
सूचनामा थप भनिएको छ कि तोकिएको अवधिभित्र उपस्थित नभए वा सन्तोषजनक स्पष्टीकरण नदिएमा,
प्रहरी नियमावली २०७१ को नियम ११३ को खण्ड (ख) को उपनियम (१) बमोजिम
“भविष्यमा सरकारी सेवाको लागि अयोग्य नहुने गरी सेवाबाट हटाउने (बर्खास्त गर्ने)”
कारबाही अघि बढाइनेछ।
गृह मन्त्रालयले सो सूचना प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को उपनियम (२) अनुसार जारी गरेको हो।
उक्त नियमले गैरहाजिर कर्मचारीलाई स्पष्टीकरणसहित उपस्थित हुन आदेश दिने र तोकिएको अवधिभित्र नआए बर्खास्त गर्ने कानूनी व्यवस्था गरेको छ।
गृह मन्त्रालयले सार्वजनिक रूपमा म्याद सूचना जारी गर्नु सरकारी सेवामा अनुशासन र जवाफदेहिताको कडाइको सन्देशका रूपमा लिइएको छ।
विना अनुमति लामो समय गैरहाजिर रहनुलाई नेपाल प्रहरीको आचारसंहिता र नियमावलीअनुसार गम्भीर अनुशासनहीन कार्य मानिन्छ।
सुरक्षा निकायमा यस किसिमको कदमले सेवाभित्रको शिस्त, जवाफदेहिता र पारदर्शितामा सुधार ल्याउने विश्वास मन्त्रालयका स्रोतहरूले जनाएका छन्। गृह मन्त्रालयबाट जारी सूचना:-

