दाङ, वैशाख ८ । दाङ तुलसीपुरको राम्रीदेखि सल्यानको कपुरकोट सडक दिउँसोको समयमा दैनिक ५ घन्टा बन्द हुने भएको छ । सडक विस्तार तथा निर्माणको कार्यचलिरहेकाले आजदेखि १४ गते सम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय दाङका प्रमुख डिभिजनल इन्जिनियर (सीडीई) दीपेन्द्रबहादुर विष्टले जानकारी दिए । उनका अनुसार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सडक खण्ड बन्द गरिने छ ।
राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका राम्रीदेखि सल्यानको कपुरकोट गाउँपालिकाको कपुरकोट बजारभन्दा दक्षिणको ४ किलोमिटर सडक मर्मत र विस्तारको काम भइरहेको छ । तर साना तथा अत्यावश्यक गाडीहरुलाई वैकल्पिक सडकमार्ग पैंयाखोरिया, किमुचौर हुदै कपुरकोट जान सक्ने छ्न । यो समस्या ठुला मालबाहक साधनलाई पर्ने देखिन्छ । b
Related Stories
Ashok Sharma १८ फाल्गुन २०८२, सोमबार २१:४७
Ashok Sharma १० माघ २०८२, शुक्रबार १९:०५
Ashok Sharma ११ पुष २०८२, शुक्रबार १२:४३
