
२० जेठ/वास्तविक खबर समाचारदाता
स्वर्गद्वारी गुठि पिडित किसानहरुले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् ।आफुहरुका माग सरकारले पूरा नगरेको भन्दै मोहि पिडित किसानहरु तालाबन्दी कार्यक्रममा उत्रिएका हुन । सरकारले पटकपटक आफुहरुसंग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दवाव स्वरुप तालाबन्दी गर्नु परेको गुठिपिडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरिले बताएका छन।
तालाबन्दी भएका मालपोत र नापि दुवै कार्यालयलाई आन्दोलन कारिहरुले घेरेका छन । प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ। प्रहरीको लाठीचार्जबाट आन्दोलनकारी घाइते भएका छन ।
