
जेठ २२ ,२०८१ । बास्तबिक खबर समाचारदाता
पहिले प्राथामिक स्वास्थ्य केन्द्र हुदै राप्ति अञ्चल अस्पताल अनि अहिले राप्ति प्रादेशिक अस्पतालको रुपमा चिनिन्छ। अञ्चल अस्पताल हुदा ५० बेडको अनि स्थर उन्नती हुदै प्रादेशिक अस्पताल हुदा पनि ५० बेडकै अञ्चलकै अनि सेवा सुबिधा दरबन्दी पुरानै रुपमा चलेको अबस्था छ।
२०० बेड बनाउनको पहल भएता पनि त्यो पुरा हुन सकेको छैन। २०० बेडको अस्पताल हुदा के कस्तो दरबन्दी र उपकरण चाहिन्छ भनेर सर्भे स्वास्थ मन्त्रालयबाट फाइल पास भएर अर्थ मन्त्रालयमा पुगेको लामो समय हुदा पनि अझै काम किन रोकियो निकाय समन्धित निकाय अनविज्ञ देखिन्छ।
अहिलेको समयमा बिसेसगरी” रेबिजको भ्याक्सिन” प्रादेशिक अस्पताल तुलसीपुरमा नभएको मेडिकल सुपरिटेण्डेण्टेन पद्द्मराज अधिकारीले बास्तबिक खबरलाई बताए।क्षेत्रिय स्वास्थ्य स्टोर अथवा प्रदेश सरकार बुटवलबाट उपलब्ध हुने भएकोले प्रत्यक्ष्य आफुले (अस्पताल)ले किन्न अनुमती नहुने भएकाले पाउन कठिन असहज भएको जानकारी दिएका छन्। अहिले फ्रीमा पाइने रेबिजको औसधि बिरामीले बाहिरको निजि अस्पतालबाट महँगो पैसामा किन्ने गरेको बिरामीहरुको गुनासो आउने गरेको छ। निजि अस्पतालमा पाइने उक्त रोगको औसधि पाच सय देखि एक हजार सम्मको मुल्यमा किन्ने गरेको बिरामी बताउछन।
बृद्ध वृद्धा मा बिसेसगरी दम ,प्रेसर ,रुघा ,हाडजोर्नी अनि अन्य उमेर समुहका बिरामीमा समय अनुसारका बिरामी बढी आउने गरेका छन्।
