
दाङ, तुलसीपुर |
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले बुटवल–मोतीपुर १३२ के.भी. प्रसारण लाइनको मर्मत तथा स्तरोन्नतिको काम भइरहेको जानकारी दिएको छ। उक्त कार्यका कारण आगामी कात्तिक १४ गते (२०७८/०७/१४) सम्म विद्युत् आपूर्ति अवरुद्ध वा अनियमित हुन सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणद्वारा जारी सूचनाअनुसार बुटवलमा रहेका ४ थान Lattice Tower लाई Monopole Tower द्वारा प्रतिस्थापन गर्ने काम भइरहेको छ। सो कार्य ठेक्का नं. BGD–079/080–02 अन्तर्गत सञ्चालनमा रहेको छ जसअनुसार Monopole erection, Conductor stringing, Tower dismantling लगायतका काम भइरहेका छन्।
कामको क्रममा बुटवल–मोतीपुर १३२ के.भी. प्रसारण लाइनको दुबै सर्किट करिब ४८ घण्टा अवरुद्ध हुने भएकाले सो अवधिमा तुलसीपुर, घोराही लगायतका क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आउन सक्ने प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुखले ग्राहकवर्गमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सहयोगका लागि आग्रह गरेका छन्।
