
बाँके ।नेपालगन्जमा आफ्नै मामाबाट भान्जी बलात्कृत भएपछि न्यायको लागि मिडियासामु आएकि छिन् ।
बलात्कार पछि मामा हरुन बाबु फरार भएको भन्दै मुस्लिम समुदायबाट पहिलो पटक पीडित महिला यसरि मिडियामा आएकि हुन् । पिडित महिला भन्छिन मेरो लागि बोलिदिने कोहि छैनन मलाई सहयोग गर्नुपर्यो भन्दै रुदै आएकि छिन् । आफु खासै त्यस्तो केहि नजान्ने अब मामाले भान्जि चिया खान जाउ भनेर गएको अनि पानीमा केहि नशालु पदार्थ मिसाएर बेहोस पारि जवरजस्ति गरेको बताएकि छिन् । पछि थाह पाएर भन्दा उल्टै आफुमाथि आरोप लगाएको बताएकि छिन् । दुइ लाखमा मिल्नुस भनेको तर आफु पैसामा आफ्नो इज्यत नबेच्ने मलाई न्याय चाहियो भन्दै मिडियासामु आएको बताउछिन।
